गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार!

हिमाल प्रेस ४ जेठ २०८२ १९:२१ | Sunday, May 18, 2025
गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार! फाइल तस्बिर : रासस/एपी

काठमाडौँ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको संकेत गरेका छन्।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्झौताले सबै बन्धकहरूको रिहाई, हमास ‘आतंककारी’ हरूको निर्वासन र गाजा पट्टीको निःशस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ।’ –रासस/एएफपी

प्रकाशित: ४ जेठ २०८२ १९:२१ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast