गभर्नर सिफारिस समितिबाट पौडेलले दिए राजीनामा

हिमाल प्रेस २८ वैशाख २०८२ २१:१९ | Sunday, May 11, 2025
गभर्नर सिफारिस समितिबाट पौडेलले दिए राजीनामा

काठमाडौँ- विश्व पौडेलले नेपाल राष्ट्र बैंक गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन्। उनले समितिका संयोजकसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष राजीनामा दिएका हुन्।

पौडेलले समिति सदस्यबाट राजीनामा दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

सत्ता साझेदार नेपाली कांग्रेसले गभर्नरका रूपमा अगाडि बढाउने भएपछि उनले समिति सदस्यबाट राजीनामा दिएका हुन्।

यसअघि कांग्रेसले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरेको थियो। तर, राष्ट्र बैंकका कार्यवाहक गभर्नर निलम ढुंगानाले राजीनामा स्वीकृत नगर्दा भट्टलाई गभर्नर नियुक्त गर्ने प्रक्रिया अड्किएको थियो।

भट्टको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले अर्को विकल्पका रूपमा पौडेललाई अघि सारेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थविज्ञ पौडेललाई गभर्नर बन्न आग्रह गरेको बताइएको छ।

प्रकाशित: २८ वैशाख २०८२ २१:१९ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast