खेलकुदमा बढी बजेट आउनु सकारात्मक : सदस्यसचिव घिसिङ

हिमाल प्रेस १६ जेठ २०८२ १३:२३ | Friday, May 30, 2025
खेलकुदमा बढी बजेट आउनु सकारात्मक : सदस्यसचिव घिसिङ

पोखरा- राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा ठूलो रकम विनियोजन गरेकोमा खुसी व्यक्त गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले सरकारलाई यसपालि तीन अर्बको बजेट सिलिङ पठाएकोमा दोब्बर आउनु खुसीको कुरा रहेको बताएका हुन्।

उनले पोखरा रंगशालास्थित क्रिकेट मैदान स्तरोन्नतिका लागि विगतमा विनियोजितमध्ये तेब्बर बजेट विनियोजन गर्ने बताए। आगामी सन् २०२७ मा यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एउटा भेन्यु पोखरा पनि हुनसक्ने भएकाले हाल एक करोडको रकममा स्तरोन्नति कार्य भइरहेको छ।

पोखरा रंगशालाको पार्केटिङ च्यातिएकाले नयाँ बिछ्याउन बजेट विनियोजन गर्ने आश्वासन पनि दिए। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा लाइट तथा साउण्ड प्रुफ व्यवस्थापनका लागि पनि सहयोग गर्ने बताए।

सरकारले बिहीबार आगामी आव २०८२/०८३ को बजेटमा युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन्। यो चालु आवको तुलनामा २ अर्ब ५८ करोडले बढी हो।

प्रकाशित: १६ जेठ २०८२ १३:२३ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast