खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइ दुई बालकको मृत्यु

हिमाल प्रेस ७ जेठ २०८२ ६:३८ | Wednesday, May 21, 2025
खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइ दुई बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- धनुषाको कमला नगरपालिका-२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।

कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा आज दिउँसो दुवै जनाको डुबेर मृत्यु भएको उनले बताए। घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताए।

प्रकाशित: ७ जेठ २०८२ ६:३८ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast