क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टोलीको घोषणा

हिमाल प्रेस २७ वैशाख २०८२ १७:१४ | Saturday, May 10, 2025
क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टोलीको घोषणा

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपाली टोलीको घोषणा गरेको हो।
स्कटल्याण्डमा अगामी जुनमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतका प्रतियोगिताहरू हुँदैछ।

विश्वकप लिग–२ लगत्तै स्टकल्याण्डमै हुने टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि पनि क्यानले नेपाली टोलीको घोषणा गरेको छ।

टी–२० शृंखलाका लागि तीन खेलाडीे छनोट भएका र प्रतिस्थापन हुने खेलाडीहरूको नामावली लिग–२ का खेलहरू समापन भएसँगै सार्वजनिक गरिने क्यानले जनाएको छ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, सन्दीप लामिछाने, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव, रिजन ढकाल

टी–२० का लागि छनोट भएका खेलाडीहरू

रुपेशकुमार सिंह, लोकेस बम, किरण ठगुन्ना

प्रकाशित: २७ वैशाख २०८२ १७:१४ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast