कोशी प्रदेशसभामा उठ्यो गृहमन्त्रीको राजीनामा माग

हिमाल प्रेस १४ जेठ २०८२ १६:०६ | Wednesday, May 28, 2025
कोशी प्रदेशसभामा उठ्यो गृहमन्त्रीको राजीनामा माग

इटहरी– कोशी प्रदेशसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ।

बुधवार प्रदेशसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामाको माग भएको हो। नेकपा (माओवादी केन्द्र) बाट प्रदेशसभा सदस्य रहेका गोम्बु शेर्पाले राजीनामा माग गरेका हुन्।

बैठकको शून्य समयमा बोलेका शेर्पाले ‘भिजिट भिसामा हजुर, भिजिट भिसामा भुइँ छाडेर उड्ने हजुर पश्चिम दिशामा…’ गीत गाउँदै विवादित व्यक्ति नै गृहमन्त्रीको सचिवालयमा देखिएकाले अस्वाभाविक मिलेमतो रहेको उल्लेख गरे।

‘बदनाम र विवादित व्यक्ति नै गृहमन्त्रीको सचिवालयमा देखिनु मिलेमतोको संकेत हो,’ शेर्पाले भने, ‘लुट धन्दा मच्चाउनेहरूको मुख्य व्यक्ति गृहमन्त्री नै छन्। उनले अनुसन्धानमा सहज वातावरण बनाउन राजीनामा दिनुपर्छ।’

प्रकाशित: १४ जेठ २०८२ १६:०६ | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast