कृषिमा यन्त्रीकरणमार्फत उत्पादन र आत्मनिर्भरता बढाइने

हिमाल प्रेस १५ जेठ २०८२ १५:४८ | Thursday, May 29, 2025
कृषिमा यन्त्रीकरणमार्फत उत्पादन र आत्मनिर्भरता बढाइने संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल।

काठमाडौँ- बाँदर, बँदेल र निलगाईबाट अन्नबालीमा हुने क्षति न्यूनिकरणका लागि सरकारले विशेष उपाय अपनाउने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन्यजन्तुजन्य क्षति हुने क्षेत्रहरूमा सिमल तरुल, बेसार, चिया, कफी, अदुवा र खुर्सानीजस्ता बालीलाई प्राथमिकता दिने घोषणा गरेका छन्।

सरकारले युवालाई नवप्रवर्तन र उद्यमशीलतामार्फत स्वरोजगारमा जोड्ने नीति लिएको छ। वैदेशिक रोजगारीमा रहेका दक्ष र सीपयुक्त जनशक्तिलाई स्वदेशमै उद्यम गर्न प्रेरित गरिने अर्थमन्त्री पौडेलले बताएका छन्।

‘युवा लक्षित रोजगारी सिर्जना बजेटको प्रमुख प्राथमिकता हुनेछ,’ उनले संसद्‌मा बजेट पेस गर्दै भने,‘आर्थिक अवसर विस्तार गरेर जनताको मनमा आशा जगाउने हाम्रो उद्देश्य हो।’

कृषिमा यन्त्रीकरण र व्यावसायिकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरिने बजेटमा उल्लेख गरिएको छ। स्वदेशमै उत्पादन हुने स्वच्छ र पोषणयुक्त खाद्य वस्तुमा जोड दिँदै प्रमुख खाद्य वस्तु, तरकारी, फलफूल, दूध तथा मासुजन्य क्षेत्रमा आत्मनिर्भर बन्ने लक्ष्य लिइएको छ।

कृषक तथा उद्यमीलाई प्रोत्साहन गर्न सरकारले तीन प्रतिशत ब्याजदरमा सस्तो ऋण उपलब्ध गराउने भएको छ। यो योजनाका लागि सरकारले आगामी वर्षका लागि ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रकाशित: १५ जेठ २०८२ १५:४८ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast