कृति ‘सम्झूँ कि बिर्सुँ’माथि चर्चा

हिमाल प्रेस ३ जेठ २०८२ ९:१९ | Saturday, May 17, 2025
कृति ‘सम्झूँ कि बिर्सुँ’माथि चर्चा

काठमाडौँ- निर्मोही व्यासको संस्मरण ‘सम्झूँ कि बिर्सुँ’माथि अन्तरक्रिया कार्यक्रम समापन भएको छ। कवि हरिहर अधिकारी ‘श्यामल’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कितावमाथि प्रा. कपिल अज्ञात, डा. गिता त्रिपाठी, समीक्षक पत्रकार राजकुमार वानियाँले समीक्षा गरेका थिए।

कार्यक्रममा मोहन चापागाई, नगिता रेग्मी, चन्द्रप्रसाद भट्टराई, प्रभा बराल, डा. योगेश्वर निरौला, सुकदेव उपाध्याय लगायतले शुभकामना व्यक्त गरेका थिए। समीक्षक राजकुमार वानियाँले व्यासको लेखाइबाट आफू धेरै पहिलादेखि परिचित भए पनि प्रत्यक्ष भेटघाट हालसालै भएको र उनको कितावलाई दसौँ पटक पढ्न सक्ने जति पढ्दा पनि आनन्दित हुने बताए।

कपिल अज्ञातले व्यासको आफू सदैव पाठक रहेको र वहाँबाट सबै साहित्य मन पराउने र साहित्य लेख्न चाहनेको लागि सदैव प्रेरणाको स्रोत रहेको बताए।

समीक्षक गीता त्रिपाठीले निर्मोही व्यासको लेखन सदैव प्रेरणाको खानी हुने र ‘सम्झूँ कि बिर्सुँ’ संस्मरणभित्र रहेको सुपदंशले आफूलाई कायल बनाएको बताइन्। लेखक व्यासले आफ्नो लागि यो महोत्सव भएको र सबै प्रति ऋणी रहेको बताए।

प्रमुख अतिथि श्यामलले व्यासको आफूले निर्मोही व्यासका प्रकाशित र अप्रकाशित सबै संस्मरण पढेको र सबै पढ्दा आफूलाई सधैंसधैं फरक पाएको र उनको लेखन सदैव प्रशंसक रहेको बताए।

शिखा बुक्सले प्रकाशित गरेको पुस्तकको मूल्य ५९५रुपैयाँ रहेको जनाइएको छ।

प्रकाशित: ३ जेठ २०८२ ९:१९ | Saturday, May 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast