कुल लगानी ४७ खर्ब ६५ अर्ब नाघ्यो 

हिमाल प्रेस १५ जेठ २०८२ १५:३७ | Thursday, May 29, 2025
कुल लगानी ४७ खर्ब ६५ अर्ब नाघ्यो 

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म देशमा स्वीकृत कुल लगानी ४७ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने क्रममा चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।

सर्वेक्षणअनुसार स्वीकृत कुल लगानीमध्ये उद्योग विभागबाट स्वीकृत लगानीको हिस्सा ६८.१५ प्रतिशत रहेको छ भने लगानी बोर्ड नेपालमार्फत स्वीकृत लगानी ३१.८५ प्रतिशत रहेको छ।

हालसम्म लगानी बोर्डमार्फत १५ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भइसकेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्र लगानी बोर्डबाट १ खर्ब ४१ अर्ब १५ करोड बराबरको नयाँ लगानी स्वीकृत भएको छ।

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब बराबरको बजेट विनियोजन गरिएको जानकारी दिँदै वर्षको अन्त्यसम्ममा कुल बजेट खर्च १६ खर्ब ६२ अर्ब अर्थात् ८९.४ प्रतिशतमा सीमित हुने अनुमान पनि सार्वजनिक गरे।

सरकारको अनुमान अनुसार चालु खर्च विनियोजनको ८८.५ प्रतिशत, पूँजीगत खर्चको ८३ प्रतिशत र वित्तीय व्यवस्थाको ९७.६ प्रतिशत खर्च हुने छ। राजस्व परिचालनमा भने १७.१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ।

आगामी वर्षको बजेटको अघिल्लो दिन प्रस्तुत गरिएको यो आर्थिक सर्वेक्षणले चालु आवको लगानी तथा बजेट कार्यान्वयनमा प्रगति र चुनौती दुबै देखाएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित: १५ जेठ २०८२ १५:३७ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast