कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने

हिमाल प्रेस ३१ वैशाख २०८२ ८:११ | Wednesday, May 14, 2025
कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने

मकवानपुर- हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने मुख्य वैकल्पिक सडक कुलेखानी-कलंकी-हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेँलद्वारा हस्ताक्षरित सूचनामा सडक कालोपत्र गर्ने कार्यका लागि इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डमा यातायात पूर्णरूपमा रोक लगाइएको जनाइएको छ।

कार्यलयका अनुसार पूर्वाधार विकास कार्यालय हेटौँडाको अनुरोधमा सडक कालोपत्रेको काम सम्पन्न नहुञ्जेलसम्मका लागि बाटो बन्द गर्न लागिएको हो।

प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गका रुपमा कान्ति लोकपथ वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित: ३१ वैशाख २०८२ ८:११ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast