कास्कीमा पोखरा महानगरपालिकाको सबैभन्दा बढी बेरुजु

हिमाल प्रेस १ जेठ २०८२ २१:५१ | Thursday, May 15, 2025
कास्कीमा पोखरा महानगरपालिकाको सबैभन्दा बढी बेरुजु

पोखरा– कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनअनुसार पोखरा देशका ६ महानगरमध्ये पनि सबैभन्दा बढी बेरुजु देखिने महानगरमा दरिएको छ।

प्रतिवेदनअनुसार पोखराको १३ अर्ब ४६ करोड ७२ लाख ६० हजार लेखापरीक्षण भएकोमा ५० करोड ४३ लाख ९ हजार बेरुजु रहेको पाइएको छ। यो ३ दशमलव ७४ प्रतिशत बेरुजु हो।

पोखरापछि मादी गाउँपालिकाको धेरै बेरुजु देखिएको छ। एक अर्ब दुई करोड ७३ लाख सात हजारको लेखापरीक्षण भएकोमा २ दशमलब ३५ प्रतिशत बेरुजू पाइएको छ। जुन २ करोड ४१ लाख ४४ हजार रुपैयाँ हो।

अन्नपूर्ण गाउँपालिकामा एक अर्ब ५० करोड ४६ लाख ५५ हजारको लेखा परीक्षण गरिएकामा २ करोड १८ दाख ९५ हजार बेरुजु छ। यो कुल रकमको १ दशमलब ४६ प्रतिशत हो।

रुपा गाउँपालिकाको ७६ करोड आठ लाख पाँच हजार परीक्षणमा ५० लाख ३५ हजार अर्थात् शून्य दशमलब ६६ प्रतिशत रहेको छ।

सबैभन्दा कम बेरुजु हुनेमा माछापुच्छ्रे गाउँपालिका हो। यहाँ मात्र शून्य दशमलब २४ प्रतिशतमात्र बेरुजु छ। कुल १ अर्ब ५२ करोड ६६ लाख ७ हजार लेखापरीक्षणमा ३६ लाख ६२ हजार मात्र बेरुजु देखिएको छ।

साथै, महालेखा परीक्षकको कार्यालयले मुलुकका आठवटा क्षेत्रमा सुधार गर्नुपर्ने औँल्याएको छ।

प्रकाशित: १ जेठ २०८२ २१:५१ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast