![कालिमाटीमा तरकारी : चमसुरको साग ९०  रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/11/saga-himalpress.jpg) 
                             
                                            काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५  रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५  रुपैयाँ, आलु रातो प्रतिकिलो ३५  रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८  रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ६०  रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३०  रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५  रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो २०  रुपैयाँ कायम छ।
काउली (स्थानीय) प्रतिकिलो ७०  रुपैयाँ, मूला रातो प्रतिकिलो ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २०  रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५  रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४०  रुपैयाँ, तने बोडीको मूल्य प्रतिकिलो ८०  रुपैयाँ कायम गरिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो ९०  रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७०  रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०  रुपैयाँ, टाटे सिमी प्रतिकिलो ८०  रुपैयाँ, भटमास कोसा प्रतिकिलो १५०  रुपैयाँ, तितो करेला प्रतिकिलो २५  रुपैयाँ, लौका प्रतिकिलो २५  रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ६०  रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४०  रुपैयाँ, घिरौला प्रतिकिलो ३०  रुपैयाँ, झिगुनी प्रतिकिलो ७०  रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५०  रुपैयाँ कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ६०  रुपैयाँ, बरेला प्रतिकिलो ५०  रुपैयाँ, पिँडालु प्रतिकिलो ९०  रुपैयाँ, स्कूस प्रतिकिलो ५०  रुपैयाँ, रायो साग प्रतिकिलो ६०  रुपैयाँ, पालुंगो साग प्रतिकिलो ९०  रुपैयाँ, चमसुरको साग ९०  रुपैयाँ, तोरीको साग प्रतिकिलो ३५  रुपैयाँ, मेथीको साग प्रतिकिलो ८०  रुपैयाँ, प्याज हरियो प्रतिकिलो ६०  रुपैयाँ निर्धारण गरिएको छ।
 
  
 
                            प्रकाशित: २५ वैशाख  २०८२ ७:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 