काठमाडौँ उपत्यकामा रातिदेखि वर्षा, कहाँ कहाँ परिरहेको छ पानी?

हिमाल प्रेस ६ जेठ २०८२ ६:१० | Tuesday, May 20, 2025
काठमाडौँ उपत्यकामा रातिदेखि वर्षा, कहाँ कहाँ परिरहेको छ पानी? फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भने एकाएक ठूलो पानी परेको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हालको बदलीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसमविदले बताएका छन्।

पछिल्लो २४ घण्टामा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम वदली भएको र जहाँ वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने भएका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसप्रति सचेत हुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

प्रकाशित: ६ जेठ २०८२ ६:१० | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast