‘काई एक्सचेन्ज कार्निभल–२०८२’ वैशाख २९ सम्म

हिमाल प्रेस २९ वैशाख २०८२ १९:५० | Monday, May 12, 2025
‘काई एक्सचेन्ज कार्निभल–२०८२’ वैशाख २९ सम्म

काठमाडौँ– काई नेपालले ‘काई एक्सचेन्ज कार्निभल–२०८२’ लाई विस्तार गर्ने भएको छ।

ग्राहकहरूको सुझावलाई ध्यानमा राख्दै काई नेपालले ‘एक्सचेन्ज कार्निभल’ विस्तार गर्ने निर्णय गरेको हो। एक्सचेन्ज कार्निभल वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ।

यो एक्सचेन्ज महोत्सव हाल थापाथलीस्थित काई शोरूम नजिकै बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने काई नेपालले जनाएको छ।

एक्सचेन्ज महोत्सवमा जुनसुकै ब्रान्डका (आईसीई वा ईभी) पुराना सवारी साटेर नयाँ काई ईभी खरिद गर्दा महोत्सवस्थलमै विज्ञ मूल्यांकन र उच्चतम मूल्य प्राप्त गर्न सकिने काई नेपालले जनाएको छ।

हरेक मूल्यांकनमा दुई जनाका लागि क्यूएफएक्स निःशुल्क टिकटका साथै आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, पूर्णबिमा सुविधा तथा सडक करको सुविधा उपलब्ध गराइने वितरकले जनाएको छ।

त्यस्तै ई–क्युट बुकिङमा निःशुल्क बोस्क जेट कार वास, एक्स थ्री प्रो ईभी बुकिङमा निःशुल्क बोस्क वासिङ मेसिन पाइने काई नेपालले जनाएको छ।

४३ लाख ९६ हजार मूल्य रहेको एक्स थ्री ईभी एसयूभीमा ६ लाख पाँच हजाहरसम्मका लाभ उपलब्ध रहेको जनाइएको छ। कार्निभलमा काईका ई–क्यूट ०२, ई–क्यूट ०४ र प्रिमियम एक्स थ्री प्रोईभी प्रदर्शनीमा राखिएका छन्।

प्रकाशित: २९ वैशाख २०८२ १९:५० | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast