कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा, गृहमन्त्री लेखक पनि सहभागी

हिमाल प्रेस १२ जेठ २०८२ १०:२० | Monday, May 26, 2025
कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा, गृहमन्त्री लेखक पनि सहभागी

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार सुरु भएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि बैठक डाकिएको थियो। मन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ। कांग्रेसभित्रैबाट पनि उनले राजीनामा दिनुपर्ने माग भइरहेको छ भने प्रतिपक्षी दल रास्वपालगायतले मन्त्री लेखकले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ।

बैठकमा बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक समसामयिक राजनीतिक विषय र पार्टीको क्रियाशील सदस्यताका विषयमा छलफल गर्न बोलाइएको बताए।

प्रकाशित: १२ जेठ २०८२ १०:२० | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast