 
                             
                                            काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले कांग्रेससमेतको सहभागितामा सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको बताएका हुन्।
उनले नीति तथा कार्यक्रमलाई लागू गर्नका लागि प्रयाप्त आर्थिक स्रोत नभएकाले कार्यान्वयनमा चूनौति रहेको जिकिर गरे। घिमिरेले सरकारको नीति तथा कार्यक्रममा कांग्रेसका कसैको पनि ठूलो असन्तुष्टि नरहेको बताए।
उनले आगामी बजेट नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी आउनुपर्नेमा जोड दिए।
                            प्रकाशित: २२ वैशाख  २०८२ १५:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 