कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था?

हिमाल प्रेस ६ जेठ २०८२ ११:३१ | Tuesday, May 20, 2025
कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था? प्रधानमन्त्री केपी शर्मा ओली/फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। अस्वस्थ भएपछि ओली नियमित कार्यक्रममा सहभागी हुन सकेका छैनन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई रुघाखोकीले सताएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले भने, ‘प्रधानमन्त्रीज्यूलाई सामान्य रुघाखोकी लागेकाले बालुवाटारमै आराम गरिरहनुभएको छ।’

प्रधानमन्त्री ओली बिरामी भएका कारण सोमबार डाकिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो।

यसैगरी मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूची रहेको थियो। स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित: ६ जेठ २०८२ ११:३१ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast