कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्दै मियाँ

हिमाल प्रेस ११ जेठ २०८२ १७:५० | Sunday, May 25, 2025
कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्दै  मियाँ

सुर्खेत – सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको पनि प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन्।

कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी एक महिना लामो उपचारका लागि अमेरिका गएपछि मियाँले कार्यभार सम्हालेका हुन्।

कर्णाली प्रदेशका प्रमुख जोशी आँखाको उपचार गर्न अमेरिका जानुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो।

जोशी असार १३ गतेसम्म अमेरिकामा रहने छन्। यस अवधिका लागि मियाँले जिम्मेवारी पाएका हुन्।

प्रकाशित: ११ जेठ २०८२ १७:५० | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast