कति छ तरकारीको मूल्य?

हिमाल प्रेस १७ जेठ २०८२ ८:११ | Saturday, May 31, 2025
कति छ तरकारीको मूल्य?

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

गोलभेँडा ठूलो (नेपाली० प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ४०, आलु रातो (भारतीय) प्रतिकिलो ४० रहेको छ ।

आलु रातो (मुडे) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ४०, गाजर (तराई) प्रतिकिलो २५, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ३०, मूला रातो प्रतिकिलो ४०, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३५, तनेबोडीको मूल्य प्रतिकिलो ७०, कायम गरिएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो १४०, घिउ सिमी (लोकल) प्रतिकिलो ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३०, राजमा मूल्य प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १३०, तीतो करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ४०, परबर (लोकल) प्रतिकिलो ६५, परबर (तराई) प्रतिकिलो ६५, चिचिण्डो प्रतिकिलो ३०, घिरौला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, भिण्डी प्रतिकिलो ३० कायम गरिएको छ।

सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो १२०, रायोसाग प्रतिकिलो ४०, पालुङ्गो साग प्रतिकिलो ५०, चमसुरको साग ७०, तोरीको साग प्रतिकिलो ३०, मेथीको साग प्रतिकिलो ९०, प्याज हरियो प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो १५०, च्याउ (डल्ले) प्रतिकिलो २८०, कुरिलो प्रतिकिलो ४००, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो ६०, चुकुन्दर प्रतिकिलो ६५, सजीवन प्रतिकिलो ११०, रातो बन्दा प्रतिकिलो ७०, जिरीको साग प्रतिकिलो ७०, ग्याठकोभी प्रतिकेजी ५५, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो ४००, सौफको साग प्रतिकिलो १००, पुदिना प्रतिकिलो ९०, गान्टेमूला प्रतिकिलो ४०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १५०, कागती प्रतिकिलो २००, अनार प्रतिकिलो ३५०, आँप (माल्द) प्रतिकिलो ८० आँप (दशहरी) प्रतिकिलो १००, अङ्गुर (हरियो) प्रतिकिलो २५०, अङ्गुर (कालो) प्रतिकिलो ३५०, तरबुजा (हरियो) प्रतिकिलो ४० रहेको छ ।

प्रकाशित: १७ जेठ २०८२ ८:११ | Saturday, May 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast