कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

हिमाल प्रेस ३० वैशाख २०८२ ७:२२ | Tuesday, May 13, 2025
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु कञ्चनजङ्घा हिमाल। तस्बिर : रासस।

काठमाडौँ- कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो।

सिरीजंघा गाउँपालिका–८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब ११ः०० बजेको समयमा करिब आठ हजार मिटरको उचाइमा पुगेका थिए।

त्यही क्रममा मार्गेटाको श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फ्रान्सेली आरोही मार्गेटा मोरिङसँगै रहेका गाइड योगेन्द्र तामाङले जानकारी दिनुभएको प्रहरीले जनाएको छ। मृतकको शव समुद्री सतहदेखि करिब सात हजार ५०० मिटर उचाइमा रहेको जनाइएको छ।

प्रकाशित: ३० वैशाख २०८२ ७:२२ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast