कक्षा १२ को परीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा बोर्डले दियो धन्यवाद

हिमाल प्रेस ५ जेठ २०८२ १५:०७ | Monday, May 19, 2025
कक्षा १२ को परीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा बोर्डले दियो धन्यवाद

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा सञ्चालित माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) २०८२ जेठ २ गते सम्पन्न भएको छ। सो परीक्षा नेपालका १,५९० तथा जापानमा १ गरी कुल १,५९१ केन्द्रमा वैशाख २१ गतेदेखि सञ्चालन गरिएको थियो।

परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति राष्ट्रिय परीक्षा बोर्डले हार्दिक आभार प्रकट गरेको छ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माद्वारा जारी धन्यवाद ज्ञापनपत्रमा संघीय सरकारका सम्बन्धित निकायहरू, जापानस्थित नेपाली दूतावास, केन्द्रीय सुरक्षा समिति, प्रदेश तथा जिल्ला तहका परीक्षा समन्वय समितिहरू, सुरक्षा संयन्त्र, स्थानीय पालिका, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, अभिभावक, सेवा प्रदायक संस्थाहरू, सञ्चारमाध्यमलगायत सबै पक्षलाई विशेष धन्यवाद दिइएको छ।

डा.शर्माले आगामी दिनमा सञ्चालन हुने परीक्षा तथा बोर्डका अन्य कार्यहरूमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्दै सम्बन्धित सबै निकायहरूसँग निरन्तर सहकार्यको विश्वास समेत व्यक्त गरेका छन्।

प्रकाशित: ५ जेठ २०८२ १५:०७ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast