एमाले सांसदले उठाए बेरुजुलाई लिएर सरकारप्रति प्रश्न

हिमाल प्रेस १ जेठ २०८२ १२:११ | Thursday, May 15, 2025
एमाले सांसदले उठाए बेरुजुलाई लिएर सरकारप्रति प्रश्न

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुप्रति सरकार गम्भिर बन्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राज्यका निकायहरूले आर्थिक अनुशासन पालना नगर्दा वर्षेनी बेरुजु बढ्दै गइरहेको भनाइ छ।

सांसद गैरेले महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा हालसम्मको बेरुजु कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको उल्लेख गर्दै यही अवस्थामा बेरुजु बढ्दै गए हामी कहाँ पुग्छौँ भन्दै प्रश्न गरे।

उनले भने, ‘महालेखाको प्रतिवेदनले बेरुजु बढेको देखाएको छ । बेरुजु यही हिसावले बढ्दै जाने हो भने हामी कहाँ पुग्छौं? आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रूपैयाँ यो देशको बेरुजु भएको छ।’

उनले संघीय मन्त्रालयतर्फ ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकारअन्तर्गत ४ अर्ब २ करोड, स्थानीय तहमा २५ अर्ब २५ करोड ४२ लाख, तथा समिति र अन्य संघसंस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ बेरुजु रहेको रहेको उल्लेख गरे।

प्रकाशित: १ जेठ २०८२ १२:११ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast