काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जम्बो टोलीका साथ आज चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको निमन्त्रणमा उनीसहित एमाले नेताहरू आज चीन प्रस्थान गर्नेछन्।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ।
भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुने छन्।
प्रकाशित: १० जेठ २०८२ ९:५० | Saturday, May 24, 2025
प्रतिक्रिया





