एन्फाले बनायो क्यालेन्डर, एक वर्षमा हुनेछन् यस्ता फुटबलका गतिविधि

हिमाल प्रेस २७ वैशाख २०८२ ६:४२ | Saturday, May 10, 2025
एन्फाले बनायो क्यालेन्डर, एक वर्षमा हुनेछन् यस्ता फुटबलका गतिविधि

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्ष २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको एन्फाको साधारणसभाले क्यालेन्डर पारित गरेको हो।

क्यालेन्डरअनुसार जेठ ५ देखि २४ गतेसम्म एन्फा प्रेसिडेन्ट लिग आयोजना हुनेछ। जेठ १८ देखि साउन १६ सम्म सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट, राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म, ‘सी’ डिभिजन लिग पुस ६ देखि फागुन २५ सम्म हुनेछ ।

एन्फाले महिला लिग भदौमा, सहिद स्मारक ‘ए’ डिभिजन लिग २०८२ पुस १ देखि २०८३ जेठ ३१ सम्म, ‘बी’ डिभिजन लिग २०८२ फागुन २० देखि २०८३ वैशाख ३१, एन्फा यू-१६ र यू-१८ लिग साउनदेखि कात्तिकसम्म आयोजना गरिने जनाएको छ ।

यो वर्ष फुटसल लिग छनोट, ‘ए’ डिभिजन फुटसल लिग, नेपाल सुपर लिग, महिला फ्रेन्चाइज लिग, एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिप, एन्फा जिल्ला लिग, महिला फुटसल च्याम्पियनसिप लगायतका प्रतियोगिता पनि क्यालेन्डरमा समावेश छन् ।

यसैगरी नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, एएफसी एसिया कप छनोट दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्याम्पियनसिप, नेपाल चीन मैत्रीपूर्ण खेल (चिनियाँ नयाँ वर्षको अवसरमा), साफ-१७ च्याम्पियनसिप एएफसी यू-२३ एसियन कप, साफ च्याम्पिनसिपमा सहभागिता जनाउने छ ।

यसैगरी महिला टोलीले मैत्रीपूर्ण खेल, एसिया कप छनोट, साफ यू-२० च्याम्पियनसिप, एएफसी क्लब लिग, यू-२० एएफसी एसिया कप छनोट, साफ यू-१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २७ वैशाख २०८२ ६:४२ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast