एन्जिलाको कप्तानीमा ३१ सदस्यीय राष्ट्रिय महिला टोली घोषणा, राजेन्द्र तामाङ फेरि मुख्य प्रशिक्षक

हिमाल प्रेस ३ जेठ २०८२ १२:२५ | Saturday, May 17, 2025
एन्जिलाको कप्तानीमा ३१ सदस्यीय राष्ट्रिय महिला टोली घोषणा, राजेन्द्र तामाङ फेरि मुख्य प्रशिक्षक

काठमाडौँ- ३१ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ। शुक्रबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गरेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ र लिला जोशी रहेका छन्। रक्षकहरूमा गीता राना, निशाा ठोकर, अमृता जैशी, पूजा राना, बिमला बिक, मन माया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी र सविना चौधरी छन्।

मिड फिल्डरमा रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बू, सरस्वती हमाल, हिमा राउट, तुलसा बोहरा, बिला चौधरी, अनिता बस्नेत, सबिता राना मगर र सुष्मा तामाङ छन्।

स्ट्राइकरमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चण्ड्रा भण्डारी, अनिता केसी, मिना देउवा, ममता पुन र पूर्णिमा राई छन्।

प्रकाशित: ३ जेठ २०८२ १२:२५ | Saturday, May 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast