उपाधि विजेता लिभरपुलसँग बराबरीमा रोकियो आर्सनल

हिमाल प्रेस २९ वैशाख २०८२ ७:२९ | Monday, May 12, 2025
उपाधि विजेता लिभरपुलसँग बराबरीमा रोकियो आर्सनल

काठमाडौँ- प्रिमियर लिगको विजेता टोली लिभरपुलसँग आर्सनल बराबरीमा रोकिएको छ।आइतबार २-० ले पछि परेको अवस्थाबाट उल्टाउँदै आर्सनल २-२ को बराबरी गरेको हो । यद्यपि मिकेल मेरिनोको रातो कार्डपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो।

दोस्रो स्थान सुनिश्चित गर्ने लक्ष्यमा अझै संघर्षरत आर्सनलले खेल सुरु हुनु अघि एनफिल्डमा लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएको थियो। ८७ सेकेन्डको अन्तरालमा लिभरपुलले दुई गोल गर्दै सहज अग्रता लिएको थियो। कोडी गाक्पोले २० औं मिनेटमा पहिलो गोल गरे। लगत्तै २१ औं मिनेटमा लुइस डियाजले दोस्रो थपे।

तर दोस्रो हाफपछि आर्सेनलले बलियो रूपमा पुनरागमन गर्यो। गेब्रियल मार्टिनेलीले ४७ औं मिनेटमा गोल फर्काए। त्यसपछि ७० औं मिनेटमा मेरिनोको डाइभिङले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए।

७९ औं मिनेटमा मेरिनो दोस्रो पहेँलो कार्ड पाएर बाहिरिएपछि लिभरपुलले दबाब थपेको थियो, तर एन्डी रोबर्टसनको सम्भावित विजयी गोल फाउलको कारण अस्वीकार गरियो।

आर्सनलले बराबरी जोगाउँदै ६८ अंकसहित तेस्रो स्थानको न्युक्यासल युनाइटेडलाई २ अंकले पछि परेको छ।

प्रकाशित: २९ वैशाख २०८२ ७:२९ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast