उँभौली पर्व मनाउँदै किरात समुदाय

हिमाल प्रेस २९ वैशाख २०८२ १५:१२ | Monday, May 12, 2025
उँभौली पर्व मनाउँदै किरात समुदाय उदयपुरको कटारी नगरपालिकास्थित साकेला थानमा उँभौली पर्वको अवसरमा साकेला नाच्दै राई समुदायका युवा । तस्बिर : रासस

काठमाडौँ- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व सोमबार देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइएको छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरिने परम्परा छ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुंगीलगायत जंगली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। उँभौली पर्वमा किरात समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच नाचिन्छ। यसै अवसरमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजाआराधना गरिएको छ।

मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेसी झरेका मानिस यस दिनदेखि उँभो लाग्ने परम्परा रहेको किरात माङहिम व्यवस्थापन समितिका कोषाध्यक्ष मोहन सुनुवारले बताए। यस समुदायले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन्।

प्रकाशित: २९ वैशाख २०८२ १५:१२ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast