इंग्लिस टिमका यी टोली च्याम्पियन लिगमा

हिमाल प्रेस १२ जेठ २०८२ ७:१० | Monday, May 26, 2025
इंग्लिस टिमका यी टोली च्याम्पियन लिगमा फाइल तस्बिर

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको आइतबारको अन्तिम खेलबाट आगामी वर्ष च्याम्पियन लिग खेल्ने टोली पक्का भएका छन्। आगामी वर्ष इंग्लिस टिमहरू लिभरपुल, आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएका हुन्।

सिटीले फुलहमलाई २-० ले हरायो। यो जितसँगै सिटीले तेस्रो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको छ। ३८ खेलबाट सिटीले ७१ अंक जोड्यो। ५४ अंकसहित फुलहम ११औं स्थानमा रह्यो।चेल्सीले नटिंघम फरेस्टलाई १-० ले पराजित गर्‍यो। ६९ अंकसहित चेल्सीले चौथो स्थानमा लिग टुंग्यायो र नटिंघमले च्याम्पियन्स लिग छनोट हुन असफल रह्यो।

नटिंघम ६५ अंकसहित सातौं स्थानमा रह्यो। न्युक्यासल एर्भटनसँग १-० ले पराजित भयो। हारका बाबजुद ६६ अंकसहित पाँचौं स्थानमा रहँदै न्युक्यासल च्याम्पियन्स लिगमा पुगेको छ।

एभर्टनले ४८ अंकसहित १३ औं स्थानमा रह्यो। शीर्ष पाँच टोलीसहित युरोपा लिग च्याम्पियन टोटनहम गरि प्रिमियर लिगका छ टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ।

लिगको अन्तिम दिनका अन्य खेलमा टोटनहम ब्राइटनसँग ४-१ ले पराजित भयो । च्याम्पियन लिभरपुल क्रिस्टल प्यालेससँग १-१ को बराबरी रोकियो । खेलपछि लिभरपुलको लिग उपाधि उचाल्यो । दोस्रो स्थानको आर्सनलले साउथ ह्याम्टनलाई २-१ ले, बोर्नमाउथले लेस्टर सिटीलाई २-० ले, वेस्ट हमले इप्स्विचलाई ३-१ ले, म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-० ले हरायो । उल्भ्स र ब्रेनफोर्डले १-१ को बराबरी खेले।

प्रकाशित: १२ जेठ २०८२ ७:१० | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast