आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने सरकारको निर्णय

हिमाल प्रेस ८ जेठ २०८२ १५:०४ | Thursday, May 22, 2025
आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने सरकारको निर्णय फाइल तस्बिर

काठमाडौँ– सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा जेठ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको जानकारी दिए।

बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ भने नेपाली सेनाको सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधी थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

त्यस्तै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनामा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलव्ध गराउन सहरी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए।

बैठकले जेठ ११ गतेदेखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योग मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको छ।

प्रकाशित: ८ जेठ २०८२ १५:०४ | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast