आरतीपछि दासको निर्देशनमा ‘प्रतिवैरम्’

हिमाल प्रेस ५ जेठ २०८२ १४:१२ | Monday, May 19, 2025
आरतीपछि दासको निर्देशनमा ‘प्रतिवैरम्’

काठमाडौँ- रोशन दासको निर्देशनमा नयाँ चलचित्र ‘प्रतिवैरम्’ को औपचारिक घोषणा गरिएको छ। मधेश केन्द्रित कथामा बन्न लागेको चलचित्रको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन्। पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ।

निर्देशक दासले मधेशबारे बन्ने चलचित्रमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाइने बताए। उनले भने, ‘हाम्रो फिल्ममा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौँ।’ दासका अनुसार सिनेमा मधेशकेन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित छ।

फिल्म रेज इन्टरटेनमेन्टले आत्रेय पोडक्सन हाउस, किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेमेन्टसँगको सहकार्यमा निर्माण गर्न लागेको हो।

फिल्मको कथा निर्देशक दासकै छ भने पटकथा युवराज भट्टराईले लेखेका छन्। सिनेमालाई निरज कँडेलले खिच्दै छन्। फिल्मका कलाकारबारे भने केही समयमा सार्वजनिक गरिने दासले जनाए। चलचित्र यही वर्षको अन्त्यतिर प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।

प्रकाशित: ५ जेठ २०८२ १४:१२ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast