आयोगका नवनियुक्त पदाधिकारीहरूप्रति द्वन्द्व पीडितहरूको आपत्ति

हिमाल प्रेस २ जेठ २०८२ १५:५८ | Friday, May 16, 2025
आयोगका नवनियुक्त पदाधिकारीहरूप्रति द्वन्द्व पीडितहरूको आपत्ति

काठमाडौँ– द्वन्द पीडित समुदायले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगहरुमा भएको पदाधिकारी नियुक्तिप्रति आपत्ति जनाएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, वेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारी लगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरुसँग परामर्श नै नगरी आयोगमा अपारदर्शी, स्वेच्छाचारी, अविश्वसनीय, निर्देशीत र दलीय भागवण्डाका आधारमा पदाधिकारी छनौट गरिएको भन्दै आपत्ति जनाएको हो।

विभिन्न सात बुँदे धारणा सार्वजनिक गर्दै उनीहरुले द्वन्द पीडितको अपमान हुने गरी गरिएको नियुक्ति अस्वीकार्य भएको जनाएका छन्। त्यस्तै उनीहरुले द्वन्द पीडित समुदायसँग छलफल नगर्ने सरकार र छनौट समितिको व्यवहारले अपमानित महशुस भएको र यसबाट संविधानको पनि अपमान भएको जनाएका छन्।

सरकारले गरेको नियुक्ति प्रक्रिया सच्चाएर विश्वसनीय र पारदर्शी छनौट र नियुक्तिको सुनिश्चित नगरेसम्म आफूहरुको आन्दोलन र विरोध जारी रहने द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी पूर्व अध्यक्ष श्रृजना श्रेष्ठले बताइन्।

द्वन्द पीडित समुदायले सत्य, न्याय र परिपूरणको अधिकारको सम्मानजनक प्रचलनका लागि हुने आफूहको आन्दोलनमा साथ दिन मानवअधिकार संस्था, जनप्रतिनिधि तथा अन्तराष्ट्रिय समूदायसँग अपिल पनि गरेका छन्।

प्रकाशित: २ जेठ २०८२ १५:५८ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast