 
                             
                                            काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, पूर्वशिक्षामन्त्री एवं शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य देवेन्द्र पौडेल र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलासँग शिक्षा विधेयकमा समेटिनुपर्ने विषयवस्तुका बारेमा आज गम्भीर छलफल गरेको छ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार यस छलफलको उद्देश्य महासंघ र सरकारबीच विगतमा भएका सहमति अनुरूप शिक्षा विधेयक असार १५ गते प्रतिनिधिसभाबाट पारित गरिनुपर्ने हो। त्यसपछि शिक्षा, शिक्षक, विद्यार्थी, अभिभावकमैत्री अग्रगामी शिक्षा ऐन बन्नेछ।
यस छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित महासंघका विभिन्न घटकका अध्यक्ष तथा महासचिवहरू सहभागी थिए।
८९ दिन लामो शिक्षक आन्दोलन स्थगितपछि महासंघ निरन्तर पक्षीकरणमा छ। महासंघका नेताहरूको भनाइमा शिक्षा विधेयकमा सहमति समेटिनु आवश्यक छ र यसका लागि विभिन्न दलहरूसँग वार्ता र छलफल जारी रहन्छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 