आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

हिमाल प्रेस १० जेठ २०८२ १६:५६ | Saturday, May 24, 2025
आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा आफूहरु रहेको बताएका छन्।

पुष्पलाल लोकमार्ग जनजागरण अभियानअन्तर्गत शनिबार कास्कीमा आयोजित जनसम्वाद कार्यक्रममा प्रचण्डले हुलाकी मार्ग र पुष्पलाल लोकमार्गमा माओवादीले चलाएको अभियान कार्यनीतिक कुरामात्रै नभएर समाजवादी क्रान्तिको आधार तयार पार्नका लागि चालिएको भिजन भएको बताए।

उनले नयाँ क्रान्तिको माध्यमबाट मुलुकमा राजनीतिक स्थायीत्व र भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको जिकिर गरे। प्रचण्डले अहिले मुलुक माओवादीमय हुँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने दावी गरे। माओवादी पहिलो पार्टी भए समाजवादको आधार निर्माण हुने उनको भनाइ छ।

प्रचण्डले माओवादीले पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था हुनुपर्छ भन्दै आएकाले अब जनताको सहमतिमा संविधान संशोधन गरी उक्त व्यवस्था ल्याउनुपर्ने बताए।

प्रकाशित: १० जेठ २०८२ १६:५६ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast