आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन

हिमाल प्रेस ५ जेठ २०८२ १७:२१ | Monday, May 19, 2025
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउनेगरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गरेका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताए।

‘समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्न हामी लाग्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ। अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन्। अराजकतावाद सदैव हाम्रो दुश्मन हो। विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिजाउन खोजेका छन्। त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे। महाधिवेशनले समाजको नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित: ५ जेठ २०८२ १७:२१ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast