आउँदो जेठ ६ मा संसद्मा प्रधानमन्त्रीसँग सवालजबाफ

हिमाल प्रेस ३१ वैशाख २०८२ ६:२१ | Wednesday, May 14, 2025
आउँदो जेठ ६ मा संसद्मा प्रधानमन्त्रीसँग सवालजबाफ प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- आउँदो जेठ ६ गते संसद्मा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ। उक्त दिन सांसदहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको सभामुख देवराज घिमिरे बताए।

‘यसअघि नै समूह विभाजन भइसकेको र समूह १० ले नियमावलीको नियम ५८ बमोजिम जेठ २ गते भित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन समेत जानकारी गराउन चाहान्छु,’ सभामुख घिमिरेले भने ।

प्रतिनिधिधि सभा नियमावली २०७९ को ९ बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।

प्रकाशित: ३१ वैशाख २०८२ ६:२१ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast