आईपीएल-२०२५ को लिग चरणको अन्तिम खेलमा हैदराबादको रवाफिलो जित

हिमाल प्रेस १२ जेठ २०८२ ७:०१ | Monday, May 26, 2025
आईपीएल-२०२५ को लिग चरणको अन्तिम खेलमा हैदराबादको रवाफिलो जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध सनराइजर्स हैदराबादले ११० रनको फराकिलो जित निकालेको छ।

आइतबार राति दिल्लीमा भएको खेलमा हैदराबादले २७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कोलकाताले निर्धारित १८।४ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो।

कोलकाताका मनीष पाण्डेले सर्वाधिक ३७ रन जोडे । उनले २३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । हर्षित रानोले ३४ र सुनील नारिनले १६ बलमा तीन चौका र तीन छक्कासहित ३१ रन थपे ।

हैदराबादका इसान मालिंगा, हर्ष दुवे र जयदेव उनदकटले समान तीन विकेट लिए। त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७८ रन बनाएको थियो ।

हैदराबादका हेनरिक क्लासेनले १०५ रनको शतकीय इनिङ खेले। उनले ३९ बलमा सात चौका र नौ छक्का प्रहार गरे। ट्राभिस हेडले ४० बलमा समान ६ चौका र छक्कासहित ७६ रन प्रहार गरे। ओपनर अभिषेक शर्माले ३२, इशान किसनले २९ र अनिकेत वर्माले १२ रन थपे।

कोलकाताका सुनील नारिनले दुई विकेट लिए । वैभव अरोराले एक विकेट लिए। जितसँगै १३ अंक जोडेको हैदराबाद तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंकको कोलकाता आठौँ स्थानमा छ ।

प्रकाशित: १२ जेठ २०८२ ७:०१ | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast