आईपीएल ; पन्जाब क्वालिफायरमा, मुम्बईले इलिमिनेटर खेल्ने

हिमाल प्रेस १३ जेठ २०८२ ६:५३ | Tuesday, May 27, 2025
आईपीएल ; पन्जाब क्वालिफायरमा, मुम्बईले इलिमिनेटर खेल्ने

काठमाडौँ- मुम्बई इन्डियनविरुद्ध सात विकटको जित निकाल्दै पन्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १८५ रनको लक्ष्य पछ्याएको पन्जाबले ९ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १८७ रन बनाएको हो।

पन्जाबको जितमा प्रियांश आर्य र जोस इंग्लिसले दोस्रो विकेटका लागि गरेको १०९ रनको साझेदारी महत्त्वपूर्ण साबित भएको थियो।

जोस इंग्लिसले ४२ बलमा ७३ तथा आर्यले ३५ बलमा ६२ रन जोडे। यी दुवैलाई माइकल सान्टनरले आउट गरे। जसप्रित बुमराहले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटको क्षतिमा १८४ रनको योगफल खडा गरेको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५७ रनको योगदान गरे। ३९ बलको सामना गरेका उनको पारीमा ६ चौका र दुई छक्का समावेश थियो।

कप्तान हार्दिक पाण्डेले १५ बलमा २६ तथा नमन धिरले १२ बलमा २० रन जोडे। विजयी पन्जाब क्वालिफायरमा प्रवेश गर्दा मुम्बईले इलिमिनेटर खेल्ने पक्का भएको छ।

लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर बंगलोरुका बीचमा हुनेछ। सो खेलमा बंगलोरु विजयी भएमा क्वालिफायर प्रवेश गर्नेछ भने लखनउ विजयी भएमा गुजरात टाइटनले पहिलो क्वालिफायर खेल्नेछ।

प्रकाशित: १३ जेठ २०८२ ६:५३ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast