 
                             
                                            काठमाडौँ– भारत र पाकिस्तानबीच जारी तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) लाई एक साताका लागि स्थगित गरिएको छ। आईपीएलले सामाजिक सञ्जाल एक्समार्फत एक साताका लागि प्रतियोगिता स्थगित भएको जानकारी दिएको हो।
‘आईपीएल २०२५ लाई तत्कालको प्रभावका कारण एक साताका लागि स्थगित गरिएको छ,’ पोस्टमा भनिएको छ।
बिहीबार जम्मु र पठानकोटमा ‘रेड अलर्ट’ जारी भएपछि धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रद्द गरिएको थियो।
यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) को बाँकी खेल यूएईमा हुने जनाएको थियो।
                            प्रकाशित: २६ वैशाख  २०८२ १७:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 