आँचल बसेलको ‘मेरो हिमाल क्या मिठो हाँसेको…’

हिमाल प्रेस ९ जेठ २०८२ १८:०४ | Friday, May 23, 2025
आँचल बसेलको ‘मेरो हिमाल क्या मिठो हाँसेको…’

काठमाडौँ- बालगायिका आँचल बसेलको ‘मेरो हिमाल क्या मिठो हाँसेको…’ बोलको राष्ट्रभक्तिपूर्ण गीत सार्वजनिक भएको छ। डा. केएन स्वामी (डा. केशवानन्द गिरि) को रचना रहेको भिडियोको शुक्रबार बसेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा नेपालको हिमालदेखि तराईसम्मका सौन्दर्यको बयान गरिएको छ। यसैगरी तराईका माथि चढ्नुपर्ने र हिमालका तल झर्नुपर्ने सन्देश गीतमा पाइन्छ। परदेश गएकालाई फर्कन आग्रह गर्दै स्वदेशमै श्रम गरेमा मोती फल्न सक्ने भाव गीतले दिएको छ।

स्वदेशको महिमा समेटिएको यो गीति विद्यालयका बालबालिकाले गुनगुनाउन सक्ने गरी मिठो भाकामा प्रस्तुत गरिएको छ। गीतमा संगीत सच्चिन्द्र पौडेलले दिएका छन् भने संगीत संयोजन राजेन्द्र बाइबाले गरेका हुन्। भिडियोमा गायिका बसेल, एलेक्सा गिरि, अदिति खनालले अभिनय गरेका छन्। नृत्य निर्देशन चाँदनी शाहीले गरेकी हुन् भने भिडियोको निर्माण देवराज बसेलले गरेका हुन्।

१२ वर्षीया आँचल भ्वाइस अफ किड्सको सिजन ३ मा सेमिफाइनलसम्म पुगेकी थिइन्। उनी डा. केएन स्वामीसँगको सान्निध्यमा रहेर संस्कृतका विभिन्न विधा अध्ययन गरिरहेकी छन्। अस्ट्रेलियामा जन्मिएर नेपाल आएकी आँचल आफ्नो कलासंस्कृति र सभ्यता सिक्नकै लागि स्वदेश आएको बताउँछिन्।

अस्ट्रेलियाबाट फर्किएर संस्कार शिक्षामा रमाउँदै ११ वर्षीया आँचल

प्रकाशित: ९ जेठ २०८२ १८:०४ | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast