 
                             
                                            काठमाडौँ- स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक तथा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले आगामी २०८२ असार १५ भित्र शिक्षा ऐन आउने सम्भावना न्यून रहेको बताउँदै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनका अनुसार शिक्षकहरूसँग भएका नाैबुँदे सहमति ३० प्रतिशत पनि कार्यान्वयन नहुने सम्भावना पनि उच्च हुँदै गएको छ जसप्रति शिक्षक समुदायले समयमै खबरदारी जनाउनु आवश्यक छ।
भट्टराईले शिक्षक नेतृत्वले सार्वजनिक रूपमा यथार्थ बोल्नुपर्ने आवश्यकता औँल्याउँदै केवल आश्वासन होइन रचनात्मक दबाबमार्फत अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘असार १५ भित्र शिक्षा ऐन आउने सम्भावना कम। शिक्षकसँग भएका सम्झौता नौबुँदे सहमति ३० प्रतिशत पनि कार्यान्वयन नहुने सम्भावना बढ्यो। खबरदारी गरौं। शिक्षक नेतृत्वले सार्वजनिक रूपमै यथार्थ बोलौं। रचनात्मक दबाबमा अघि बढौं।’
शिक्षा ऐन अविलम्ब जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले २०८१ माघ २० गतेदेखि सुरु गरेको आन्दोलन यही वैशाख १७ गते नौबुँदे सहमतिसँगै स्थगित भएको थियो।
महासंघसँग सरकारले शिक्षा विधेयक आगामी असार १५ गते प्रतिनिधिसभा बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 