अर्थतन्त्रको समस्या समाधान गर्ने गरी नीति कार्यक्रम आएको छ : एमाले

हिमाल प्रेस १९ वैशाख २०८२ १९:३६
अर्थतन्त्रको समस्या समाधान गर्ने गरी नीति कार्यक्रम आएको छ : एमाले नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिने गरि सरकारको नीति तथा कार्यक्रम आएको बताएका छन्।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले मुलुकमा देखिएको अर्थतन्त्र लगायतका समस्यालाई समाधान गर्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको बताए।

नीति तथा कार्यक्रममा आएको विषयलाई अब बजेटमार्फत व्यवस्थीकरण गर्न जरुरी रहेको उनले बताए। उनले जनतालाई आशामा रुपान्तरण गर्नका लागि सरकारको कार्यक्रमले मद्दत पुर्‍याउने धारणा राखे।

बर्तौलाले सत्तासाझेदार दल कांग्रेससँग छलफल गरेरै सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा केही कमी भए बजेटमार्फत सम्बोधन गर्नेगरि अघि बढ्ने उल्लेख गरे।

प्रकाशित: १९ वैशाख २०८२ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast