अमेरिका : बस्तीमा खस्यो विमान, कैयौँ घरमा आगलागी

हिमाल प्रेस ८ जेठ २०८२ २१:२९ | Thursday, May 22, 2025
अमेरिका : बस्तीमा खस्यो विमान, कैयौँ घरमा आगलागी

काठमाडौँ- अमेरिकाको सैन डिएगोमा बिहीबार विमान दुर्घटना भएको छ। यो दुर्घटना आवासीय क्षेत्रमा भएको हो। दुर्घटनापछि कैयौँ घरमा आगलागी भएको छ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार हुस्सुका कारण सैन डिएगोको मर्फी कैन्यन क्षेत्रमा विमान दुर्घटना भएको हो।

दुर्घटनापछि झन्डै १५ घरमा आगलागी भएको बताइएको छ। आगलागीपछि यो क्षेत्रमा बसोवास गर्ने अन्यलाई घर खाली गर्नुपरेको छ। अधिकारीहरूका अनुसार सानो विमान दुर्घटना भएको हो।

दुर्घटनामा परेर हाताहात भएको बेर प्रस्ट हुन सकेको छैन। त्यस्तै विमानमा सवारबारे पनि स्पष्ट हुन नसकेको बताइएको छ। अधिकारीहरूले दुर्घटना भएको विमानमा ६ देखि ८ जना सवार भएको हुनसक्ने बताएका छन्।

प्रकाशित: ८ जेठ २०८२ २१:२९ | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast