अफ्रिकन स्वाइन फिभरले एकै नगरमा ३६ बंगुर मरे

हिमाल प्रेस ६ जेठ २०८२ ६:४५ | Tuesday, May 20, 2025
अफ्रिकन स्वाइन फिभरले एकै नगरमा ३६ बंगुर मरे

सुनसरी- बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण ३६ बंगुरको मृत्यु भएको छ। स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए।

बराहक्षेत्र-१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बंगुरमा संक्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ।

बराह बंगुर फार्ममा १५ वटामा संक्रमण देखिएको छ भने सात बंगुरको मृत्यु भएको उनले जानकारी दिए। उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बंगुर फार्ममा २२ वटामा संक्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ।

बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बंगुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै संक्रमण डा महतोले बताए। यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा संक्रमण देखिएको थियो।

प्रकाशित: ६ जेठ २०८२ ६:४५ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast