अफ्रिकन स्वाइन फिभरबाट बराहक्षेत्रमा ३६ बंगुर मरे

हिमाल प्रेस ६ जेठ २०८२ १२:२५ | Tuesday, May 20, 2025
अफ्रिकन स्वाइन फिभरबाट बराहक्षेत्रमा ३६ बंगुर मरे फाइल तस्बिर

सुनसरी- बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमणका कारण ३६ बंगुर मरेका छन्। स्थानीयले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा.मनोजकुमार महतोले जानकारी दिए।

बराहक्षेत्र-१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बंगुरमा संक्रमण देखिएको छ भने १७ वटा मरेका छन्। त्यसैगरी बराह बंगुर फार्ममा १५ वटामा संक्रमण देखिएको छ भने सात बंगुर मरेको उनले जानकारी दिए।

उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बंगुर फार्ममा २२ वटामा संक्रमण देखिएको छ भने १२ वटा मरेका छन्। बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बंगुर मर्नुका साथै ५७ वटामा अझै संक्रमण भएको डा.महतोले बताए।

यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा संक्रमण देखिएको थियो।

प्रकाशित: ६ जेठ २०८२ १२:२५ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast