 संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल।
                             संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल।
                                            काठमाडौँ- अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकको अभावलाई पूर्ति गर्न आगामी आर्थिक वर्षमा विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने घोषणा गरिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका छन्।
यस योजनाले शिक्षकहरूको अभावलाई कम गर्दै गुणस्तरीय शिक्षामा सुधार ल्याउने उद्देश्य सरकारको छ।
                            प्रकाशित: १५ जेठ  २०८२ १६:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 