सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन : साउद

हिमाल प्रेस २ जेठ २०८२ २१:२१ | Friday, May 16, 2025
सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन : साउद कांग्रेस नेता एनपी साउद। फाइल तस्बिर।

महोत्तरी– नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस महोत्तरीले शुक्रबार सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले वर्तमान सरकार दुईतिहाइको मजबुत भए पनि जनताले सोचेअनुसार काम गर्न नसकेको बताए।

उनले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद्मार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्मअनुरुप हुने उल्लेख गरे।

साउदले पार्टीभित्रको संगठन सुदृढीकरण, युवा सहभागिता र सामाजिक न्यायमा आधारित समाजवादतर्फ कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको बताए।

प्रकाशित: २ जेठ २०८२ २१:२१ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast