शिक्षक महासंघ र सरकारबीच जुट्यो सहमति, मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गर्ने तयारी

हिमाल प्रेस १७ वैशाख २०८२ २०:४१
190
SHARES
शिक्षक महासंघ र सरकारबीच जुट्यो सहमति, मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गर्ने तयारी

काठमाडौँ- नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। महासंघले प्रस्तुत गरेको ९ बुँदे माग सम्बोधन गर्न सरकार तयार भएपछि सहमति जुटेको हो।

नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघले अघि सारेको ९ बुँदामा सहमति जुटेको जानकारी दिइन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा केही बेरअघि सकिएको वार्तामा यस्तो सहमति जुटेको उनले बताइन्।

‘९ बुँदामा सहमति जुटेको छ, यसअघि सार्वजनिक भएकोभन्दा केही बुँदाहरू फरक भएको छ,’ हिमालप्रेससँग उनले भनिन्,‘मन्त्रीज्यूहरू सहमतिका बुँदाहरू मन्त्रिपरिषद्मा लग्नु भएको छ। त्यहाँबाट पारित हुन्छ भन्ने विश्वास लिएका छौँ।’

मन्त्रिपरिषद् बैठकबाट ऐन जारी हुने डेडलाइनसहितको प्रतिबद्धता आए तत्कालका लागि आन्दोलन स्थगित हुने संयोजक पराजुलीले बताइन्।

महासंघसँग सहमति जुटेपछि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रकाशित: १७ वैशाख २०८२ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast