सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न एकीकृत समाजवादीको माग

हिमाल प्रेस १७ वैशाख २०८२ १८:३१
72
SHARES
सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न एकीकृत समाजवादीको माग तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्नेसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा समाजवादीले सुशासन र रोजगारी, समाजवादको तयारी नाराका साथ पार्टी तयार गरेको प्रस्तावलाई ज्ञापनपत्रका रुपमा प्रधानमन्त्री केपी ओलीलाई बुझाएको हो।

विषय विज्ञहरुबीच प्रतिस्पर्धाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन हुने व्यवस्था गर्नपर्ने, भ्रष्टाचारसम्बन्धी विषय आकर्षित हुने अवस्थामा तीनै तहका सरकारका नीतिगत निर्णयको परीक्षण हुने व्यवस्था हुनुपर्ने समाजवादीको सुझाव छ।

त्यस्तै संसदमा बहुमत हुने दलको नेता प्रधानमन्त्री हुने तर विधायकहरु मन्त्री हुन नपाउने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने, सबै आर्थिक कारोवार डिजिटल माध्यमबाट गर्ने व्यवस्था लागू गर्नुपर्ने समेत यो पार्टीको सुझाव छ।

समाजवादीका केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख प्रकाश ज्वालाले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको सुधारका लािग नीति तथा कार्यक्रममा समेट्नुपर्ने लगायतका विषयलाई समेत समावेश गरेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको जानकारी दिए। उनले पार्टी अलग भइसकेपछि पहिलोपटक सौहार्द ढंगले छलफल भएको बताए।

उनले ज्ञापनपत्रमा रहेका विषयहरुलाई नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गरेको उल्लेख गरे। ज्वालाले प्रतिगामी शक्तिहरुको चलखेलबिरुद्ध पनि सँगसँगै अघि बढ्ने विषयमा पनि छलफल भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast