
काठमाडौँ- सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनरत नेपाल शिक्षक महासंघबीच वार्ता जारी छ। वार्तामा महासंघमा आबद्ध सम्बद्ध घटकका अध्यक्षहरू समेत सहभागी छन्।
अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौँमा सुरु भएको सडक आन्दोलन आज २९ दिन पुगेको छ। शिक्षक महासंघले ऐन जारी हुनुपर्ने लिखित प्रतिबद्धता सहित तत्काल पूरा गर्नुपर्ने ९ बुँदे माग अघि सारेको छ।
उक्त ९ बुँदे मागमा अहिले छलफल भइरहेको जनाइएको छ। महासंघका मागमा सरकारले सहमति जनाए जारी आन्दोलनको स्वरूप पनि परिवर्तन हुने महासंघको भनाइ छ।
प्रकाशित: १७ वैशाख २०८२ १५:४३
प्रतिक्रिया