सत्तापक्षीय बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले भने- शिक्षकहरूसँग आजै सहमति हुन्छ

हिमाल प्रेस १७ वैशाख २०८२ १५:०५
1.8k
SHARES
सत्तापक्षीय बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले भने- शिक्षकहरूसँग आजै सहमति हुन्छ सत्तापक्षीय दलको बुधबार बालुवाटारमा बसेको बैठक। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय राजनीतिक दलहरूको बैठकपछि नेता ज्ञवालीले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘शिक्षकहरूसँगको वार्ता सकारात्मक ढंगले अघि बढेको छ। मलाई विश्वास छ, आज दिनभरिमा सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सहमति भएर भोलिदेखि सहज ढंगले पठनपाठनको वातावरण निर्माण हुन्छ।’

ज्ञवालीका अनुसार बैठकमा सत्तापक्षीय राजनीतिक दलहरुले लोकतन्त्र थप सुदृढ गर्ने गरी सरकारको नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका थिए।

नेताहरूले लोकतन्त्र थप सुदृढ गर्ने र यसमाथि भइरहेका आक्रमणलाई सामूहिक रुपमा जवाफ दिने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको जानकारी ज्ञवालीले दिए।
उनले विकास निर्माणका कामलाई प्रभावकारी, समयमा सकिने गरी उच्च प्राथमिकता गर्नुपर्ने सुझाव आएको जानकारी दिए।

युवा पुस्तामा आशा र विश्वास जगाउने गरी विभिन्न कार्यक्रम ल्याइनुपर्ने, अर्थतन्त्र लयमा ल्याउन सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक फजुल खर्चहरुलाई कटौती गर्ने र सरकारको कार्यदक्षता बढाउन पनि उनीहरुले सरकारलाई सुझाव दिएको ज्ञवालीले बताए।

समग्रमा विगत वर्षको भन्दा ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा सत्तापक्षीय दलका नेताहको जोड रहेको उनको भनाइ छ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राई सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast